वीरगन्ज,वीरगन्ज महानगरपालिकाले सडक किनारमा अनाधिकृत रुपा राखिएका निर्माण सामग्री तथा अन्य सामग्रीहरु हटाउने अभियानलाई निरन्तरता दिएको छ । आइतबार महानगरपालिकाले नयाँ बसपार्कदेखि उत्तर दोश्रो बाईपास सडकको दायाँबायाँ अनाधिकृत रुपमा राखिएका गिटी, बालुवा, ढुंगा तथा कवाडी सामानहरु हटाएको छ । जथाभावी राखिएका निर्माण सामग्री तथा कवाडी सामानहरु हटाउन महानगरपालिकाले पटक पटक जानकारी र सूचना गरेपनि अटेर गरेपछि शनिबारदेखि नगर प्रहरी, सरसफाइ शाखाका कर्मचारी र निजी तथा सार्वजनिक साझेदारीमा सरसफाई गर्ने ठेकेदारले संयुक्त रुपमा सडक किनारका सामानहरु हटाउन थालेको हो । आइतबार दोश्रो दिन बाईपासक्षेत्रमा सरसफाइ गरिएको महानगरपालिकाको सरसफाइ शाखाका सर्फुदिन मियाँले जानकारी दिनुभयो । महानगरवासी र व्यापार व्यवसाय गर्नेहरुले नै सडकमा अथाभावी आपूmखुशी सामानहरु राख्ने र महानगरपालिकाले सरसफाइ गरेन भनेर आरोप लगाउने प्रवृत्ति रहेको भन्दै जथाभावी सडक किनारमा सामग्री राख्ने र फोहोर थुपार्नेलाई सरसफाई ऐन २०७५ अनुसार कारवाही गरिने र सामान समेत जफत गरिने महानगर प्रहरी इन्चार्ज हरि भुषालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here