सिम्रौनगढ,बाराको आदर्शकोतवाल गाउँपालिकालाई हङ्कङ्ग नेपाली महासंघले १ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।
महासंघका प्रतिनिधि एवम् नेपाल विद्यार्थी संघका नेता आकाश उप्रेती र डा.शिव पौडेलले गाँउपालिका अध्यक्ष मुस्तुफा अंसारीलाई बुधबार एक कार्यक्रमकाबीच अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गर्नुभएको हो ।
अक्सिजन कन्सनट्रेटरको सहयोगले कोरोना संक्रमितहरूलाई उपचारमा मद्दत पुग्ने र अक्सिजनको कमी हुन नदिने गाउँपालिका अध्यक्ष अन्सारीको विश्वास छ ।