नेपालमा गाँजा खेती गर्न प्रतिबन्ध छ । त्यसो त बिश्वका कयौं देशमा गाँजा खेती प्रतिबन्ध छ भने केही देशमा खुला पनि छ र गाँजालाई आम्दानीको श्रोत पनि मानिएको छ ।जस्तै अफगानिस्तान यसैको एउटा उदाहरण हो । अफगानिस्तानका नागरिकहरुले गाँजा खेतीबाट राम्रो कमाइ गर्ने गर्दछन् । नेपालमा गाँजा खेती बैद्य नभएपनि यसबाट नेपालीहरुले कमाई भने राम्रो गरेकै थिए ।
विशेषतः मधेसका नागरिकहरुले गाँजाबाट अबैद्य रुपमा भएपनि राम्रो आदानी गरेका थिए अझैपनि कही कतै गरेको पनि देखिन्छ ।
तर प्रशासनको आँखा छल्न पर्ने वा मिलाउन पर्ने देखिन्छ । जे भएपनि नेपालमा गाँजा खेतीलाई प्रतिबन्ध नै गरिएको छ तर गाँजा खेती खुल्ला गर्ने विषयमा बेला बखतमा वहस भने हुने गरेको छ ।पर्साका ग्रामीण भेगमा गाँजा खेती लगाइएको र प्रहरी दिनदिनै जसो गाँजा फडानीका लागि जाने गरेको पनि पाइएको छ । केही स्थानमा लगाएको गाँजा नष्ट गरेको पनि देखिएको छ ।
यसरी फडानी गर्दैमा गाँजा खेतीमा कमी आइहाल्ने पनि होइन रहेछ भन्ने कुरा विगतले प्रष्ट पारेको छ ।
त्यसो त गाँजा नेपालमा नै खपत हुने पनि होइन । गाँजाका केही फाइदा रहेको कुरा चिकित्सकहरुले पनि बताएका छन् तर फाइदा भन्दैमा जथाभावी खान त हुदैन नि । यो विषयमा नेपालीहरु्र सचेत नै जस्तो देखिन्छ तर बिदेशी निर्यात गरेर आम्दानीको श्रोत बनाउने हो भने गाँजालाई बैद्यता दिन सकिन्छ र दिदाँ नै उचित पनि हुनेछ । यो राम्रो आम्दानीको श्रोत नेपालीहरुका लागि हुनेछ । अब किसानले लगाएको गाँजा फडानीभन्दा बैधानिक रुपमा खेती गर्नेतर्फ पो वहश गर्ने कि ?
















