कलैया,
बारा प्रहरीद्वारा २७ लाखभन्दा बढी मूल्यको दालसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले २७ लाख ५९ हजार मूल्य बराबरको दालसहित ट्रक नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैयाको टोलीले २१ हजार किलोग्राम दाल लोड रहेको ट्रक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाउनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट ना ८ ख १२६१ नम्बरको ट्रकबाट दाल बरामद गरेको उहाँले बताउनुभयो । नुवाकोटतर्फ जाँदै गरेको ट्रकलाई जाँच गर्दा बिल बिजकभन्दा बढीका भासन्डो र मुसुरो दाल बरामद भएकोले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply