राजन कुमार बानिय

पोखरिया,पर्साको पोखरिया अस्पतालले सोमबारबाट जिन एक्स्पोर्ट मेसिन संचालनमा ल्याएको छ । प्रदेश नं २ समाजिक विकास मन्त्रालयको सहयोगमा खरिद गरिएको मेसिनको प्रदेश स्वास्थ्य प्रयोगशालाका निर्देशक श्रवण मिश्राले उदघाटन गर्नुभएको थियोे । क्षय रोगीका बिरामी सजिलोसंग पत्ता लगाउन मेसिनले सहयोग गर्ने निर्देशक मिश्राले जनाउनुभयो । क्षयरोग पत्ता लगाउन र छिटो रिपोर्ट लिन जिन एक्सपोर्ट मेसिनको प्रयोग गरिने उहाँले बताउनुभयो । जिन एक्सपर्ट मेसिनको उदघाटन कार्यक्रममा पोखरिया नगरप्रमुख दिपनारायण रौनियार, उपमेयर सलमा खातुन, पोखरिया अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजय गुप्ता, पोखरिया नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत अमित गिरी, जसपा केन्द्रीय सदस्य नजामोदिन समानी, वडा अध्यक्ष लक्षमण साह कानु, बिना देबी बैठालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here