कलैया – बाराको महागढीमाई नगरपालिका बरियारपुरले बाक्लो हुस्सु र चिसो छल्नको लागि शनिबार कम्बल वितरण गरेको छ । नगरपालिकाले वडा नम्बर ५ का २ सय ५० जना अति विपन्न, दलित परिवारलाई कम्बल वितरण गरेको हो । नगर भित्र रहेका अति विपन्न, दलित परिवारहरूको पहिचान गरि कम्बल वितरण शुरू गरिएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनुभयो ।
नगरपालिकाले ११ वटै वडाका २ हजार अति विपन्न, दलितहरूलाई कम्बल वितरण गरिने नगर प्रमुख यादवले बताउनुभयो । अतिविपन्न, दलित परिवारहरूलाई न्यानो न्यानो लुगा कपडा लगाउनमा अार्थिक अभावले सताईरहेको बेला उनीहरूको घाउमा मल्हम लगाउन कम्बल वितरण गरिएको यादवले भने वितरण गरिएको कम्बलले रातीमा सुत्न काम लागोस र चिसोबाट बचाउनको लागि कम्बल वितरण गरेका छौ ।
वहांले चिसोले गर्दा दैनिक ज्यालादारी गर्न नसकि घरमै भोकै बस्नुपर्ने नगरभित्रका अति विपन्न परिवार र दलित परिवारहरुलाई केही दिन अगाडि घर घरमा पुगेर एक/एक बोरा चामल वितरण गरेका थियौ नगर प्रमुख यादवले भने अाज कम्बल वितरण गरिरहेका छौ । नगरपालिकाले १ हजार ४ सय नगरका अतिविपन्न, दलित परिवारलाई एक/एक बोरा चामल वितरण नगर प्रमुख यादवले भने नगरका अाम नागरिकमाथि आईपर्ने विपदमा नगरपालिकाले सहयोग गर्दै आएको र अांउदो दिनमा पनि विपद व्यवस्थापनमा अग्रसर रहने बताउनुभयो ।