सिमरा,प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन लोड गरिएको अवस्थामा १० वटा ट्याक्टर आइतवार नियन्त्रणमा लिएको छ ।प्रहरीले उपमहानगरपालिकाको वडा नम्बर ४ मा पर्ने दुधौरा खोलाबाट अवैध उत्खननको बालुवा बोकेर जीतपुर बजारतर्फ जादै गरेको अवस्थामा ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४०, ना.७.प.४५३६, प्र.०३–००१.त.३९२१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।उपमहानगरपालिकाका वडा नम्बर ३ को बजनीमा चेकजाँचको क्रममा कुनै पनि आधिकारिक पत्र र सिफारिससमेत नपाइएपछि बालुवासहित ट्रयाक्टर नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीको प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।