दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ३ को कार्यालय गंजभवानीपुरको आयोजना र युरोपियन युनियन युनिसेफ नेपालको सहयोगमा आज बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत पोषणमैत्री स्थानीय शासन प्रर्वद्धनका लागि वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक सम्पन भएको छ ।
वडा अध्यक्ष उपेन्द्रप्रसाद जयसवालको अध्यक्षतमा सम्पन सो बैठकमा वडा समितिका पदधिकारी र अन्य सहभागी सरोकारवालाहरुलाई पोणण तथा हरेक दिनको खानाको बारेमा उत्तिमलाल चौरसियाले प्रशिक्षण दिनुभएको थियो ।
बैठकमा वडा समितीका पदधिकारीहरु वडा सदस्यहरु बिनोदप्रसाद कानु तेजलालप्रसाद यादव, वडा सचिव बृजकिशोरप्रसाद यादव, महागढीमाई नगरपालिकाका महिला बालबालिका तथा जेष्ट नागरिक शाखाकी महिला निरीक्षक गुन्जा जयसवाल, संञ्चारकर्मी दिपेन्द्र जयसवाल, अधारभुत स्वास्थ्य चौकी गंजभवानीपुरका सहईन्चार्च कर्णप्रसाद यादवलगायतको उपस्थिति रहेको थियो ।

















