कलैया,नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११ औ महाधिबेशनमा बारा जिल्लाबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन ।एमाले पूर्व पोलिटब्युरो सदस्य एंव विघठित प्रतिनिधि सभा सदस्य अच्युत मैनाली र ज्वाला साहसहित ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन ।त्यसैगरी किशन श्रेष्ठ, एकबाल मियाँ, बलबीर चौधरी, महमद समीर, मोमिन आलम र सीता सुबेदी केन्द्रीय सदस्यमा निर्वाचित बनेका हुन ।

निर्वाचित सबै अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट चुनाव लडेका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार इश्वर पोखरेल समूहबाट सचिव पदमा उम्मेदारी दिनुभएका पुरुषोत्तम पौडेलसहित केन्द्रीय सदस्य उम्मेदार बाराकी दुर्गा कोइराला, चयन गुरुङ्ग, दसरथ राम भने पराजित बनेका छन ।

Leave a Reply