निजगढ,लायन्स क्लब अफ निजगढ सिटीले निजगढ नगरपालिका वडा नम्बर १२ स्थित मञ्जुश्री आधारभूत विद्यालयका छात्रछात्राहरुलाई बिहीवार स्कुल झोला र कपी वितरण गरेको छ ।लायन्स क्लबका प्रसिडेण्ट बिष्णुगोपाल रिसालको अध्यक्षतामा भएको झोला तथा स्टेशनरी सामग्री वितरण कार्यक्रमा निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, लायन्स क्लब डिष्ट्रिक ३२५ का चियरपर्सन खड्गप्रसाद उप्रेती, जोन चियरपर्सन पवन श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम सिङ गोले, क्लबका चार्टर प्रेसिडेन्ट मनोज रेग्मी, विद्यालयका प्रधानाध्यापक मोहन सिंह वाइवालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा लायन मानबहादुर सापकोटा, मुकुन्द विष्ठ, खड्गराज मैनाली, नवीन खनाल, डा. एलिस खड्का, अनिश पोख्रेलको पनि उपस्थिति रहेको थियो ।कार्यक्रममा मञ्जुश्री आधारभूत विद्यालय अध्ययन गर्ने २ सय विद्यार्थीहरुलाई लायन्स क्लबको लोगों भएको झोला र कपीहरु वितरण गरिएको थियो । झोलाको कुल लागतको ५० प्रतिशत डिष्ट्रिक ३२५ बाट सहयोग प्राप्त भएको र बाँकी रकम क्लबको आन्तरिक स्रोतबाट जुटाइएको क्लबका प्रेसिडेन्ट बिष्णुगोपाल रिसालले जानकारी दिनुभयो । स्टेसनरीमा भने कृषि सामग्री खरिद बिक्री सहकारी सस्था र निजगढ स्किल डेभलपमेन्ट प्रालि सहयोग गरेको थियो ।कार्यक्रम सञ्चालन नविन खनालले गर्नुभएको थियो भने स्वागत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोनाम सिङ गोलले गर्नुभएको हो । लायन्स क्लब निजगढ सिटी विभिन्न सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएको छ ।

















