कृष्ण मोहन साह

सेढवा,पर्साको जगरनाथपुर गाउँपालिकाको ९ औं गाउँसभा आइतवार सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवको अध्यक्षता एवम प्रदेश सांसद शंकरप्रसाद चौधरीको प्रमुख अतिथ्यतामा सम्पन्न गाउँ सभामा अगामी आर्थिक वर्ष २०८०-०८१ को लागि ४१ करोड ८८ लाख बराबरको नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ ।बजेटमा शिक्षातर्फ २ करोड ३५ लाख, २० हजार, स्वास्थ्यतर्फ १ करोड १३ लाख, कृषितर्फ ८५ लाख ५५ हजार, खानेपानी तथा चपाकल जडानमा ४६ लाख ५० हजार, खेलकुद १२ लाख, सामाजिक समावेशीकरणमा १ लाख, वन तथा विपद व्यवस्थापनमा ४ लाख ७५ हजार, सोलार सौर्य बत्ती बिजुली जडानमा ४ लाख ३० हजार, मठ मन्दिर तथा मस्जिद सास्कृतिक सम्पदामा १ करोड ४३ लाख, कार्यालय संचालन तथा प्रसासनिक खर्च तथा कर्मचारी को तलब भत्ता ८ करोड ७९ लाख ९ हजार एक सय एक रुपैया अनुमानित खर्च हुने जनाइएको छ ।नेपाल सरकारलको सशर्त चालु १६ करोड २६ लाख, नेपाल सरकारको पुँजीगत खर्च ८६ लाख, नेपाल सरकारको समपुरक अनुदान ५० लाख, नेपाल सरकारको विशेष अनुदान ८० लाख , प्रदेस सरकारको समपुरक अनुदान २० लाख, प्रदेस सरकारको विशेष अनुदान ३० लाख गरि जम्मा बजेट ४१ करोड ८८ लाख एक हजार एक सय एक रुपैयाँको विनियोजन गरिएको छ ।गाउँपालिका अध्यक्ष यादवले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्यालयहरुमा ‘विद्यार्थीहरुलाई ल्याऊ, टिकाऊ र सिकाऊ’ नारा सहितको अभियान संचालन गरिने बताउनुभयो । उहाँले विद्यालयलाई आपंगता तथा बालमैत्री बनाउने निति ल्याउने बताउनुभयो ।कक्षा १० का विद्यार्थीहरुको लागि अतिरिक्त कक्षा संचालन गरिने र एसईईमा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने छात्र÷छात्राहरुलाई प्रोत्साहनसहित छात्रवृति प्रदान गरिने अध्यक्ष यादवले बताउनुभयो ।अध्यक्ष यादवले सासु, ससुरालाई राम्रोसंग स्याहारसुसार गर्ने बुहारीलाई सम्मान गरिने समेत बताउनुभयो ।उहाँले प्रत्येक वडाको स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्था गरिने र गाउँपालिकामा १५ बेडको अस्पताल संचालनको लागि संघ र प्रदेश सरकारसंग पहलन गरिने पनि बताउनुभयो ।उहाँले जगरनाथपुुर गाउँपालिकालाई समृद्ध र सुखी बनाउने दिर्घकालीन उद्देश्य अनुरुप आर्थिक सामाजिक विकासको मौलिक ढाँचामा गाउँपालिका अगाडि बढिरहेको बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथि नबिन सिंह, सहरुम राउत गद्दी, महम्द अफताब आलम, नेपाली कांग्रेस पर्सा क्षेत्र नं ४ का क्षेत्रीय सचिव बलिष्टर अहमद, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्षहरु लक्ष्मी साह तेली, नेपालीप्रसाद कुशवाहा, सुभाषकुमार यादव, प्रभुनाथप्रसाद नुनिया, बिहारी महतो नुनिया, अयोध्या प्रसाद कुर्मी, वडा सचिवहरु, कर्मचारी, शिक्षक, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here