कृपा संवाददाता
हेटौंडा, ३ मंसिर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका तीन वटा संस्थागत विद्यालयको आज अनुगमन गरिएको छ ।
हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतको नेतृत्वमा निजी विद्यालयहरुको अनुगमन गरिएको हो । हेटौंडाको नवोदय शिशुसदन सेकेण्डरी स्कुल, शिद्धार्थ शिसुसदन माध्यमिक विद्यालय र उज्वल शिसु निकेतनको आज अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उज्वल शिसु निकेतमा सौचालय फोहोर, बिद्यालयको क्यान्टीनमा जंकफुड समेत बिक्रीका लागि राखिएको, शिसुका विद्याथीलाई चिसोमा राखिएको, बिद्यालयको कम्पाउन्ड समेत तारजालीले वेरीएको लगायतका समस्या पाइएको हो ।
यसैगरी शिद्धार्थ शिसु सदनमा बिद्यालयमा आउने विद्यार्थीले जंकफुड समेत खाजा ल्याइएको पाइएको छ । निजी विद्यालय खोल्दा पुरा गर्नुपर्ने मापदण्ड निजी बिद्यालयहरुले पुरा नगरेको मेयर महतले वताउनुभयो । मेयर महतको नेतृत्वमा तीन वटा विद्यालयको सौचालय, क्यान्टीन, कक्षाकोठा लगायतका क्षेत्रको अनुगमन गर्नुभएको हो ।
बिद्यालय सञ्चालन गर्दा कम्पाउन्ड घेरीएको, सुद्ध पीउने पानीको पर्याप्त क्षमता भएको, सफा कक्षा कोठा, सौचालय हुनुपर्ने मापदण्ड रहेको उपमहानगरपालिका शिक्षा साखाका सातौ तहका अधिकृत सरस्वती कोइरालाले वताउनुभयो । हेटौंडामा अनुगमनका क्रममा नवोदय माध्यमिक विद्यालयले धेरै मापदण्ड पुरा गरेपनि अरु विद्यालयले भने विद्यालयको मापदण्डनै पुरा गरेका छैनन् ।