कलैया,बाराको कलैया उपमहानगरपालिका– २४ श्रीपुरस्थित रिलायन्स सुगर एण्ड केमिकल ईन्डस्ट्रीजको डोङ्गा पूजामा आज सम्पन्न भएको छ ।उखु क्रसिङ्गको सिजन शुरु गर्नुअघि मिल व्यवस्थापनले पूजा गरेको हो । पूजापछि किसानको उखु क्रसिङ्ग पनि शुरु हुने मिलले जनाएको छ ।
रिलायन्स चिनी उनका मुख्य संचालक वीरेन्द्र संघाईसमेतको उपस्थितिमा पूजा गरिएको हो । संघाईले दुई र तिन दिनभित्र चिनी मिल संचालनमा आउने र भुक्तानी पनि समयमै उपलब्ध गराइने बताउनुभयो ।प्रत्येक वर्ष चिनी मिलमा किसानको उखु क्रसिङ्ग गर्नुभन्दा पहिले विशेष पूजापाठ गरि मिल सन्चालन गर्ने परमपरा रहदै आएको हुँदा पुजा गरिएको कारखानाका क्यान मेनेजर अवध झाले जानकारी दिनुभयो । क्यान म्यानेजर झाले उखु चलानको म्यासेज आएपछि आफ्नो पालोमा उखु ल्याउन किसानसंग आग्रह गर्नुभएको छ । कारखानामा कुनै पनि समस्या वा नोक्सानी नहोस भनेर आफ्नो उखुको जरा र टुप्पा सफा गरेर मिलमा ल्याउन उहाँले किसानलाई आग्रह गर्नुभयो ।
अघिल्लो वर्ष २५ लाख ११ हजार क्विन्टल उखु क्रसिङ्ग गरेको कारखानाले यो वर्ष ३२ लाख क्विन्टल उखु क्रसिङ्ग गर्ने लक्ष्य राखेको मिलका जेनेरल म्यानेजर गौरव सिलोडियाले जानकारी गराउनुभयो ।
त्यसैगरी पूजामा उपस्थित उखु किसान संघ बाराका अध्यक्ष विरेन्द्र कुशवाहाले सालभरिको मेहनतबाट किसानले उत्पादन गरेको बाली बिक्री गर्ने समय आएकोले किसानहरु खुसी बनेको बताउनुभएको छ । ‘मिलले क्रसिङ्ग गर्ने तयारी गरेपछि किसानहरु हर्षित छन, उहाँले भन्नुभयो, सरकारले समयमै उखुको मूल्य निर्धारण गरेकाले किसानलाई झन बढी खुसी लागेको छ ।’उहाँले पनि कारखानाले चलान उपलब्ध नगराएसम्म उखु कटान नगर्न पनि किसानलाई सल्लाहा दिनुभएको छ ।कारखानाले यसअघि उखुको भुक्तानी समयमै उपलब्ध गराउदै आएकोमा यस वर्ष पनि सोही अनुसार उपलब्ध गराउन माग गर्नुभएको छ । रिलायन्सले ५ वर्षदेखि उखु बिक्री भएको ७ दिनभित्रै भुक्तानी दिदै आएको सुनाउनुभयो ।
















