काठमाण्डौं,बिपरजोय आँधीका कारण भारतमा सात जनाको ज्यान गएको छ । नौ वटा राज्य तथा केन्द्र शासित प्रदेशमा प्रभाव पारेको आँधीले रुख तथा बिजुलीका पोलहरु ढल्दा जनधनको क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।अरब सागरमा बनेको चक्रवात गुजरातको तटीय क्षेत्रमा प्रवेश गर्ने भएपछि गुजरात सरकारले ३८ हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारेको छ । पाकिस्तानको सिन्ध प्रान्त कराँचीमा पनि मानिसहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भइरहेको छ । भारतको मौसम विज्ञान विभागले गुजरातसहित नौ वटा राज्यहरुमा चेतावनी जारी गरेको छ ।आँधीसँगै बाढी समेत आउन सक्ने भन्दै भोलिसम्मका लागि चेतावनी जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ । धेरै ठाउँमा विद्युत् र रेलसेवा अवरुद्ध भएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here