निजगढ,मधेश प्रदेशसभाको सभामुख पदका लागि नेकपा एमाले र जसपाका गरी दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।सत्तारूढ सात दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम अशीष यादव र प्रमुख प्रतिपक्षी दल एमालेका त्रिलोकीप्रसाद चौधरीले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो ।

बारा क्षेत्र नम्बर १ ‘१’ बाट प्रदेश सभा सदस्य चौधरीको उम्मेदवारीको प्रस्तावकमा रौतहटका जयचन्द्र पटेल र समर्थकमा महोत्तरीकी सांसद शारदादेवी थापा रहेका छन ।राम अशीष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक तथा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक रहेका छन् ।गएको मङ्सिर ३ गते तत्कालीन सभामुख रामचन्द्र मण्डललाई पद अनुकूलको आचरण नगरेको आरोपमा सात दलीय गठबन्धनले दुईतिहाइ बहुमतबाट पदमुक्त गरेका थिए । आइतवार प्रदेश सभाको सभामुख पदका लागि चुनाव हुने तालिका छ ।

Leave a Reply