वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार राति ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जिल्ला रामेछाप खाडादेवी गाउँपालिका १ का २८ वर्षीय सुबराज श्रेष्ठ रहेका छन् ।
प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १७ स्थित सामुदायिक अस्पताल अलौबाट कोनिया जाने ग्राभेल सडकखण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी रोकेर जाँच गरेको थियो ।
जाँच गर्ने क्रममा गाडीको पछाडि प्लास्टिकको बोराभित्र लुकाइ राखिएको अवस्थामा १२ पोकामा प्याक गरिएको एक सय ७६ किलो लागूऔषध गाँजा फेला परेको पर्साका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।बरामद लागूऔषध, पिकअप गाडी र चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएका




















