कलैया,नेपाली कांग्रेसले आगामी संसदीय निर्वाचनको लागि बारा क्षेत्र नम्बर २ बाट राधेचन्द्र यादवको एकल नाम सिफारिस भएको छ । क्षेत्र नम्ब १ बाट भने शम्भुबहादुर बुढाथोकीसहित ३ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय सभापती विजयशंकर यादवको अध्यक्षतामा सिम्रौनगगढमा बसेको बैठकले महासमिति सदस्य निजगढका शम्भुबहादुर बुढाथोकी, नेपाली काँग्रेस सहमहामन्त्री उमाकान्त चौधरी र महिलामा निजगढकै सीता मैनालीको नाम सिफारिस गरिएको पार्टीका क्षेत्रीय सचिव उपेन्द्र पटेलले जानकारी दिनुभयो ।

बुढाथोकी ०७० सालको संविधान सभा सदस्यमा बारा क्षेत्र नम्बर ६ बाट निर्वाचन लड्नुभएको थियो ।
त्यसैगरी क्षेत्रीय समितिले समानुपातिकतर्फ रामनरेश कान्त, टेकबहादुर लामा, जुनादेवी फौजदार, सुगान्धी देवी मण्डल धानुक, मुना पटेल, मुरलीधर चौधरी, सीताकुमारी पासवान, पुर्णबहादुर बिश्वकर्मा सिफारिस भएका छन ।
त्यस्तै राष्ट्रिय सभाका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादवको एकल नाम सिफारिस गरिएको नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ का सभापति यादवले जानकारी दिनुभयो ।त्यसैगरी निर्वाचन क्षेत्र नमबर २ मा भने संघीय सांसदको प्रत्यक्ष निर्वाचनको लागि पूर्वसभापती राधेचन्द्र यादवको एकल नाम सिफारिस भएको छ ।क्षेत्रीय सभापति रामप्रवेश यादवको अध्यक्षतामा बसेको बैठकले सो सिफारिस गरेको हो ।

Leave a Reply