निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्रीजनसृजनशील सामुदायिक वन समूहको काठ दाउरा घाटगद्दी स्थानमा आइतवार आगलागी भएको छ ।
जंगलमा लागेको डढेलोको आगो सल्केर भमरा खोला किनारमा पूर्वपट्टी रहेको घाटगद्दी स्थानमा दिउसो १ बजो आगलागी भएको हो ।घाटगद्दी स्थानको उत्तरतर्फ फैलिएको वनको डेढेलो सल्केर घाटगद्दी स्थानमा आगलागी भएको र करिव ७ हजार क्विफिट गोलिया काठ जलेर नष्ट भएको वन समूहका अध्यक्ष कुशबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार क्षेतिको यकिन विवरण निकाल्न बाँकी रहेको र आगलागीको कारण पनि अझै खुल्न छैन । ।
वन्यजन्तुको चोरी सिकारी वा बटुवाहरुले जंगलमा लगाएको आगो सल्केर घाटगद्दी स्थानमा आगलागी भएको हुनसक्ने अनुमान छ ।

निजगढ सब डिभिजन वन कार्यालयका प्रमुख रघुनाथ दासले पुरानो हाइटेन्सन लाईन निर्माण गर्ने क्रममा समूहले कटान गरेर राखेको काठ आगलागीमा परेर नष्ट भएको जानकारी दिनुभयो । निजगढ र कोल्हबी नगरपालिकाबाट आएको बारुण यन्त्र, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन बेश क्याम्प निजगढका सुरक्षाकर्मी र स्थानीय वन समूहका उपभोक्ताहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here