नरेश गुप्ता

बरियारपुर,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) बारा जिल्ला कमिटीको बिहीबार घोषणा भएको छ ।

कलैयामा भएको जिल्ला भेलाले सुन्दर विश्वकर्माको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला कमिटीको घोषणा भएको हो । प्रदेश २ का सांसदसमेत रहनुभएका विश्वकर्मा यसअघि नेकपा एमाले बारा जिल्ला जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो ।

एकीकृत समाजवादी बारा जिल्ला कमिटीको उपाध्यक्षमा उसमान अंसरी र बिजेन्द्र चौधरी, सचिवमा विक्रम ठाकुर र उपसचिवमा राजेन्द्र प्रसाद कलवार रहनुभएको छ । जिल्ला कमिटीको सदस्यमा बतहु यादव, ध्रुव यादव, कृष्ण खनाल, रमेश सुबेदी, सुभाष साह, बलिराम ठाकुर, गौरी ढकाल, शुभनारायण साह, राजेश पटेल, गणेश रिजाल, मनोज गुप्ता लगायतका रहेका छन् ।

जिल्ला भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि नागेन्द्र चौधरीले समाजवादी आन्दोलनकालागि एकीकृत समाजवादी पार्टीमा आवद्ध हुन आह्वान गर्नुभएको छ । एमाले अध्यक्ष केपी ओलीको दम्भ, घमण्ड एवं तानाशाही शैलीका कारण कम्युनिष्ट आन्दोलनले ठुलो नोक्सानी बेहोरेको बताउदै नेता चौधरीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि देशभरका सबै बामपन्थीहरु एकजुट भएर आगाडि बढनु पर्नेमा जोड दिनुभयो ।

यसैगरी अर्का केन्द्रीय सदस्य एंव बिशिष्ट अतिथि दिनेश राईले ओलीको व्यक्तिवादी चरित्रले पार्टीलाई एउटा कम्पनीको रूपमा अगाडि बडाउन खोजे पछि आफूहरुले बिद्रोह गर्नु परेको बताउनुभयो । झन्डै दुई तिहाई बहुमतसहितको ओली सरकारले जनताको पक्षमा काम नगरी मनोमानी रूपमा अगाडि बढ्दा कम्युनिष्ट पार्टीले नोक्सानी बोहोर्नु परेको उहाँको भनाइ थियो ।

भेलामा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य बिभा कार्की, प्रदेश सांसद सीता गुरुङ, प्रदेश २ कमिटीका सदस्य छ्ठु यादव, श्रीप्रसाद पासवान, बिक्रम राम, सुरेन्द्र यादव, छबिलाल उप्रेती, युवा संघ कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साह, युवा संघ महागढीमाई नगरपालिका संयोजक जयकिसुन यादव, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य चमिना भट्टराई लगायतको सहभागिता रहेको थियोे ।

Leave a Reply