निजगढ,लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसको नयाँ कार्यसमिति गठन भएको छ । लायन्स क्लब अफ निजगढको अध्यक्षमा दिपेन्द्र श्रेष्ठ र पिसको अध्यक्षमा रन्जन लामिछाने निर्वाचित हुनुभएको हो । लायन्स क्लब अफ निजगढको आईतवार बसेको बैठकले श्रेष्ठलाई चौथो पटक समेत सर्वसम्मत रुपबाट अध्यक्षमा चयन गरेको हो । त्यसैगरी क्लबको पहिलो उपाध्यक्षमा रामकृष्ण नेपाल, दोस्रो अध्यक्षमा नवराज शर्मा, सचिबमा प्रभात सिग्देल र कोषाध्यक्षमा कैलाशबहादुर तिमल्सिना चुनिनु भएको छ । बाँकी पदाधिकारी र सदस्यहरु पुरानै समितिबाट चयन हुनुभएको अध्यक्ष रामचन्द्र जैसवालले जानकारी दिनुभयो । बैठकमा लायन्स क्लबका पुर्व प्रेसिडेन्ट तथा सदस्यको उपस्थिति रहेको थियो । नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरु हुने बताइएको छ ।
त्यसैगरी लायन्स क्लब अफ निजगढ पिसको पनि शनिबार भर्चुअल विधिबाट भएको बैठकले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिको पहिलो उपाध्यक्षमा सुदिप तिमल्सिना, दोस्रो उपाध्यक्षमा गणेशकुमार पाण्डे, तेश्रो भिपिमा सन्तोष दङ्गाल, सचिबमा उषा लामा मोक्तान र कोषाध्यक्षमा बिनोद घिमिरे चुनिनुभएको छ । पिसले पनि अन्य सदस्यहरुमा पुरानैलाई निरन्तरता दिएको क्लबका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । दुबै कार्य समितिका पदाधिकारीहरुको कार्यकाल भने आगामी जुलाई १ बाट सुरु हुने बताइएको छ ।