सिमरा,बाराको नितनपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका बकुलियाका २५ वर्षीय विनय चौधरी रहेका छन् ।
जीतपुरबाट वीरगन्जतर्फ जाँदै गरेको मधेश प्रदेश–०३–०२७प ३७८४ नम्बरको अपाची मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किँदा चौधरीको घटनास्थलमै मृत्यु भएको बाराका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो ।
उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार राकेश पासवान घाइते भएका छन् । पासवानको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply