वीरगञ्ज,नेपाल विद्युत प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र हुलास स्टीलको विद्युत् लाइन काटेको छ । डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले यो कदम उठाएको हो ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीका अनुसार, मन्त्री परिषदको निर्णयअनुसार बाराका दुईवटा ठूला उद्योगको लाइन काटिएको छ । असार १० गते १५ दिनभित्र बक्यौता तिर्न पत्र पठाइएको भए पनि, समयमै बक्यौता तिर्न नसकेपछि यो कारवाही गरिएको हो ।

जगदम्बा स्टीलले नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै, हुलास स्टीलले १४ करोड १२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार यी कम्पनीहरूको कुल १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता रहेको छ, जुन ५६ वटा उद्योगमध्ये सबैभन्दा बढी हो ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीका अनुसार मन्त्री परिषदको निर्णयअनुसार बाराका दुईवटा ठूला उद्योगको लाइन काटिएको छ । असार १० गते १५ दिनभित्र बक्यौता तिर्न पत्र पठाइएको भए पनि, समयमै बक्यौता तिर्न नसकेपछि यो कारबाही गरिएको हो ।जगदम्बा स्टीलले नेपाल विद्युत प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ बक्यौता रहेको छ । त्यस्तै, हुलास स्टीलले १४ करोड १२ लाख ५ हजार ८ सय ६२ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।नेपाल विद्युत प्राधिकरणकाअनुसार यी कम्पनीहरूको कुल १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता रहेको छ, जुन ५६ वटा उद्योगमध्ये सबैभन्दा बढी हो ।

Leave a Reply