वीरगञ्ज,कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडरवा बस्ने ५० वर्षीय बिनोद भन्ने विनय प्रसाद यादवलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।ज्यान सम्बन्धी कसूरमा फरार रहेका यादवलाई लुकीछिपी बस्दै आएको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रवक्ता समेत रहेका थापाले बताउनुभयो ।

उनले १२ साउन २०६३ सालमा पर्साको साविक गाविस लखनपुर वडा नम्बर ९ हाल परिवर्तित सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ६ एकडर्वास्थित नहरको डिलमा रेखा राउत कम्करलाई गोली हानी हत्या गरेका थिए ।निजविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको थापाले बताउनुभयो ।

Leave a Reply