निजगढ,निजगढ नगरपालिकामा आइतवारबाट शुरु भएको राष्ट्रिय परिचयपत्रसम्बन्धि सेवामा ४० जना सर्वसाधारण सेवाग्राहीले विवरण फारम भरेर फोटो खिचाएका छन ।निजगढको सिंगौल र रतनपुर क्षेत्रका ४० जना सेवाग्राहीहरुको फारम रुजु भएपछि राष्ट्रिय परिचयपत्रको लागि प्राविधिकहरुले फोटो खिचेका हुन ।निजगढ नगरपालिकाकाले छुट्टाछुट्टै दिन तोकेर वडाका सेवाग्रहीहरुको लागि पालोमा सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११, १२ र १३ का सेवाग्राहीहरुको लागि आइतवार, सोमवार र मंगलवारको लागि पालो तोकिएको छ भने वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का सेवाग्राहीहरुले हरेक हप्ताको बुधवार, बिहीवार र शुक्रवार सेवा प्राप्त गर्न सक्नेछन ।
दैनिक ५० जनाको विवरण संकलन गरेर फोटो खिच्ने लक्ष्य राखिएको भएपनि आइतवार पहिलो दिन परेकाले लक्ष्यअनुसार काम हुन नसकेको अपरेटर विवेककुमार केशरीले बताउनुभयो । ‘पर्याप्त सूचनाको अभावले पनि आवश्यक संख्यामा सेवाग्राहीहरु नआएका हुनसक्छन ।’ उहाँले भन्नुभयो ।जिल्ला प्रशासन कार्यालय कलैयाले प्राविधिक विकेशकुमार केशरीलाई खटाएपछि नगरपालिका कार्यालयले आइतवारबाट राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा शुरु गरेको हो ।



















