नेपालमा विधिवत् रूपमा राजतन्त्र समाप्त पारी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक युगमा प्रवेश गरेको यही जेठ १५ गते हो । २०६५ जेठ १५, संविधानसभामा भारी मतबाट गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित भएको दिन। संविधानसभाको आदेश पालना गरी चौध दिनपछि श्रीपेच र राजदण्ड सरकारलाई बुझाउँदै ज्ञानेन्द्र शाहले नारायणहिटी दरबार छाडेका थिए। कुनै बेला शक्तिसम्पन्न, कुनै बेला थपनामात्र, कुनै समय निरंकुश र कतिपय समय संवैधानिक रूपमा झन्डै साढे दुई सय वर्ष नेपालमा राजतन्त्र रह्यो।

 

 

 

गणतन्त्र घोषणापछि राजतन्त्र इतिहास बनेको छ। त्यसो त २०६३ वैशाखमा लोकतन्त्र बहालीसँगै राजतन्त्र अस्तित्वमा मात्र सीमित थियो।नागरिक आन्दोलनकै उपज हो, जनताकै छोराछोरी राष्ट्रपति बन्ने ऐतिहासिक अवसर प्राप्त हुनु। मुलुकमा गणतन्त्र घोषणा नभएको भए कुनै न कुनै रूपमा राजतन्त्र रहन्थ्यो। त्यसले अनेकन षड्यन्त्र गरी लोकतन्त्रमाथि तरबार चलाउँथ्यो। लोकतन्त्र दरिलो जगमा उभिन नसक्दा पटक–पटक निरंकुश शासन सामना गर्नुपरेको इतिहास हाम्रासामु थिए।अरू देशमा राजतन्त्र अन्त्य गरिँदा रक्तपात र विध्वंशका अनेकन घटनाले इतिहासका पाना भरिए। कतै राजा भागे त कतै मारिए। त्यो दिन हामीकहाँ पनि त्रास थियो, राजतन्त्र फाल्ने निर्णय लिइरहँदा कतै सेना र सुरक्षा संयन्त्रले संसद् भवन घेर्ने त होइनन् ?

 

 

 

 

किनभने नेपाली सेना र दरबारको लामो समयसम्म नसा–नसा जोडिएको थियो। संसदीय पद्घतिबाट भएको गणतन्त्र घोषणाप्रति उनीहरूले सहजै बफादारी प्रदर्शन गरे। अर्कातिर शाही शासकहरूबाट फाइदा लिनेको सूची पनि अथाह थियो। ती पात्रहरू मात्रै सडकमा उत्रिएको खण्डमा पनि बितण्डा मच्चिन सक्छ भन्ने अड्कलबाजी पनि उत्तिकै थियो। त्यो दिन त्यसखाले कुनै दृश्य मञ्चन भएन। अब गणतन्त्र संस्थागत हुन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here