वास्तवमा बारा जिल्ला अनाज उत्पादनका हिसावले निकै महत्वपूर्ण जिल्ला हो । बारामा उत्पादन भएका अनाजहरु मुलुकक बिभिन्न भागमा पुग्ने गर्दछन् । धान देखि मकैं र गहुँ उत्पादनका हिसावले बारा जिल्ला अन्नभण्डार नै हो । बारा जिल्लाले आफूलाई चाहिने मात्र नभइ अरुलाई समेत आवश्यक पर्ने अजानहरु आपुर्त गर्र्दै आइरहेको छ । खाद्यबाली मध्ये मकैं पनि महत्वपूर्ण छ । अझै धानको तुलनामा मकैंमा बढी शक्ति पाइने हुनाले पनि मकैं महत्वपूर्ण छ।

 

 

 

बाराका कृषकहरुले लगभग दुई पटक मकैं लगाउने गर्दछन् । हिउँदे र बर्खे तर यी दुबै प्रकारका मकैं बालीमा हरेक साल कुनै न कुनै प्रकारका समस्याहरु आउने गर्दछन् । धेरै बर्षदेखि बाराका कृषकहरुले झेल्दै आइरहेको समस्या हो यो । बारामा कृषकहरुले हरेक बर्ष मकैंमा समस्या झेल्न परेको छ ।

 

 

 

 

मकैंको घोगामा दाना लाग्ने बेलामा कृषकहरु आफै मारमा परेका छन् । यो पटक मात्रै यो समस्या देखिएको पनि होइन । त्यसैले पनि बाराका कृषकहरुले छनौट गर्ने बिऊका बिषयमा नै अब ध्यान दिन आवश्यक छ । बिऊ नै गलत सिफारिस भएका कारणले पो हो कि हरेक पटक कृषकहरुले समस्या र पीडा झेल्न परेको । अब यो बिषयमा बहस गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here