कलैया,मधेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक विदा दिएको छ ।
प्रदेशको ठूलो पर्व सीताराम विवाहपञ्चमीको अवसरमा प्रदेश सरकारले भोली (सोमबार) सार्वजनिक विदा दिएको हो । मधेशका मुख्यमन्त्री लालबाबु राउतले आइतबार एउटा शुभकामना सन्देश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराउनुभएको हो ।
सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको सोमवार मुख्य दिन रहेको छ ।















