आरके राजन

सिम्रौनढ,बाराको सिम्रौनगढस्थित ईलाका प्रहरी कार्यालयमा शुक्रबार बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।कार्यालयमा कार्यरत प्रहरी निरीक्षक जितेन्द्र साहको सरुवा भएकाले उहाँको एक समारोहबीच बिदाई एव सम्मान गरिएको हो ।सम्मान ग्रहण गर्दै निरीक्षक साहले प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एव धार्मिक स्थल सिम्रौनगढमा सेवा गर्ने मौका पाएकोमा गर्व महसुस भएको बताउनुभयो । उहाँले आफ्नो बसाईको क्रममा स्थानीय बासिन्दाहरू मिलनसार एव मेहनती पाएको अनुभव पनि सुनाउनुभयो ।उहाँले ऐतिहासिक स्थलको पहिचान सहित सिम्रौनगढमा अझ ठूलो विकासको कामना गर्नुभयो ।कार्यक्रममा प्रहरी नायब निरीक्षक. परिक्षण यादव, अरुण राउत, सिम्रौनगढ नगरपालिका वाड नं. ८ का वडा अध्यक्ष रामदिनेशप्रसाद यादव लगायतले मन्तव्य राख्नुभएको थियो ।बिधाई समारोहमा जसपा नेता शेख मोतिम, नेपाली कांग्रेसका जयन्त कुशवाहा, नेकपा माओवादीका देवशरण साह, लोसपाका रामबाबु कुशवाहा, वडा अध्यक्ष यादव, वडा नम्बर ९ का अध्यक्ष रामएकवाल प्रसाद यादव, वडा नं. ७ का विवेक मेहता, ६ का नन्दकिशोर जयसवाल, सशस्त्र प्रहरी बिओपी गोलागन्जका प्रहरी निरीक्षक जितेन्द्र साह, सिम्रौनगढ उद्योग वाणिज्य संघका सतार अन्सारी लगायत, स्थानियहरुको उपस्थिति रहेको थियो ।निरीक्षक साहको अध्यक्षतामा भएको यो समारोहको सञ्चालन प्रहरी सहायक निरिक्षक अमृत यादवले गर्नुभएको थियो । निरीक्षक साहको प्रधान प्रहरी कार्यालय मानव श्रोत विकास विभाग काठमाडौं प्रहरी वृत्त स्वयम्भूमा सरुवा भएको हो ।


















