वीरगञ्ज,न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालतिर) सरेकाले आइतवारबाट आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेश प्रदेशमा पनि आगामी तीन दिन पानी पर्ने प्रक्षेपण छ ।मौसमविद सन्जिब अधिकारीले भन्नुभयो, ‘नेपालको पूर्व र पश्चिम दुवै साइडमा न्युनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेकाले आगामी तीन दिन देशभर सामान्यदेखि पूर्ण बदली हुने र मनसुन थप सक्रिय हुने देखिन्छ ।’ तीन दिन लगातार झरी नहुने तर वर्षाको क्रम बढ्ने उहाँले बताउनुभयो ।आगामी तीन दिन देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षा हुने प्रक्षेपण मौसमविदको छ ।मधेशमा पर्याप्त पानी नपर्दा समस्यामा परेका किसानहरुलाई यो वर्षाले केही राहत मिल्ने सम्भावना छ । ‘मधेशमा पनि आगामी तीन दिन वर्षा हुने र केही समयदेखिको खडेरी अलि तोडिनेजस्तो देखिन्छ,’ मौसमविद अधिकारीले भन्नुभयो ।आइतवा राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने र त्यसबाट बाढी, पहिरो, डुबाको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply