आर.के.चौधरी
सखुवापर्सौनी,ईलाका प्रहरी कार्यलय पटेर्वासुगौली र ईलाका प्रहरी कार्यलय एकटङ्गाको संयुुक्त टोलीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ४ को ओझैया प्रसौनीमा अवैध रुपमा लगाइएको गाँजा फडानी गरेको छ ।
पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको कमाण्डमा खटिएको टालीले १३ कठ्ठा जमिनमा लगाइएको करीव ४ हजार ५ सय बोट गाँजा फडानी गरि नष्ट परेको हो ।