अलिकेही दिन अगाडिसम्म गृहमन्त्रीमा युुवा थिए । विभिन्न कारणले उनले गृहमन्त्री पद गुमाए । रवि लामिछाने गृहमन्त्री हुँदा यो देशको विकृतिमा धेरै सुधार आउला भन्ने आम मानिसलाई लागेको थियो ।त्यसैले पनि उनी दोहोर्याएर चितवनबाट चुनावमा उठ्दा अत्याधिक मतले विजयी भए । आम मानिसले रविहरुको सरकारमा प्रवेश होस् र केही नयाँ कामको शुरुवात होस भन्ने चाहे । त्यसो त पुराना दल र नेता देशका लागि अब असफल भए भन्ने पनि जनताले मतमार्फत संदेश दिए ।तीन दिनअगाडि मात्रै रविहरुले वर्तमान माओवदी नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लियो । रविको सर्त थियो भ्रष्टचारीलाई कारबाही गर्न पाउनुपर्छ । अब चैं रविको बाटोमा यो वा त्यो कारणले भए पनि माओवादी हिड्न खोजेको देखिन्छ । राम्रो कामको शुरुवात जसले गरेपनि स्वावास दिनुपर्छ र उसलाई काम गर्ने हौसला पनि दिनुपर्छ ।अहिले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले कम्तिमा दुईजना गृहमन्त्री भइसकेकाहरुलाई हिराशतमा नै भएपनि पठाउन सफल भए । माओवादीका पनि कमीकमजोरी होलान् त्यसको पनि समीक्षा गरौंला तर अहिले प्रचण्डलाई कुनै पनि हालतमा काम गर्न दिउँ र कानुनी राज्य सबैका लागि हो भन्ने संदेश दिने वातावरण बनाऔंं । नीति बनेपछि त नियम बिस्तारै सबैलाई लागू भइहाल्छ नि । त्यसैले अहिले प्रचण्ड र उनको सरकारलाई साथ दिन हरेक नेपालीले आवश्यक छ ।

Leave a Reply