निजगढ,निजगढ नगरपालिकाले संचालन गरेको ‘उपप्रमुख महिला प्रजनन स्वास्थ्य’ कार्यक्रम अन्र्तगत आज ६९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका का छन ।निजगढ ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नारायणी अस्पताल वीरगञ्जकी वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ मञ्जु रायले क्लिनिकमा आएका महिलाहरुको उपचार र परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

क्लिनिकमा २२ जनाको भिआईएद्वारा पाठेघरकोे मुखको क्यान्सर जाँच गरिएको थियो भने ९ जनाले आङ्ग खस्ने समस्याको रिङ्ग पेसरीद्वारा उपचार लिएका थिए । उनीहरुमध्ये २ जनालाई शल्यक्रियाको लागि रिफर गरिएको छ ।
त्यस्तै २ जनाले बाझोपनको उपचार सेवा र ३ जनाले स्तन सम्बन्धि समस्यामा सेवा लिएका छन । क्लिनिकमा विभिन्न समस्या र बिरामी परेका महिलाहरुको उपचार र निःशुल्क औषधिका साथै परामर्श सेवा प्रदान गरिएको कार्यक्रमको फोकल पर्सन नर्सिङ्ग रामप्यारी तिमल्सिनाले जानकारी दिनुभएको छ ।निजगढ नगरपालिकाले अघिल्लो ८ वर्षदेखि प्रतेक महिनाको पहिलो आइतवार प्राथमिक स्वास्थ्य केन्द्रमा एकीकृत महिला प्रजनन स्वास्थ्य क्लिनिक कार्यक्रम संचालन गर्दैआएको छ ।

Leave a Reply