रौतहट,रौतहट सदरमुकाम गौरमा अनुमति नै नलिई सञ्चालन भइरहेका विद्यालयहरु बन्द गर्न सरोकारवालाहरुले माग गरेका छन् ।मापदण्ड पूरा नगरेको, अनुमति नलिएको, विद्यालय सञ्चालनका लागि कुनै पनि कागजात नभएका विद्यालय बन्द गराउन प्याब्सन गौर नगर समितिले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई ध्यानाकर्षण गराएको हो ।
शैक्षिक सत्र सुरु हुन लाग्दा संचालन गरिएका विद्यालयले यहाँका बालबालिकाको भविष्यसँग खेलबाड गर्न लागेको भन्दै समितिका अध्यक्ष जमिल अख्तरले त्यस्ता विद्यालयलाई कारबाही गर्न माग गर्नुभएको हो ।

कतिपय विद्यालयले तल्लो कक्षाको मात्र अनुमति लिएर माथिल्लो कक्षा समेत चलाउँदै आइरहेका छन् ।
समितिको अगुवाइमा निजी विद्यालयहरुले नगर प्रमुख शम्भु साहलाई बुझाएको ध्यानाकर्षण पत्रमा सङ्घीय शिक्षा ऐन तथा गौर नगरपालिकाको शिक्षा ऐन २०७४ कार्यान्वयन गर्न माग गरिएको छ ।नगर प्रमुख साहले विद्यार्थीको नामाङ्कन अघि विद्यालय अनुमति प्राप्त रहेको नरहेकोप्रति अभिभावाक सचेत हुनुपर्ने बताउनुभयो ।

Leave a Reply