दुष्यन्त चौधरी

कलैया, ०८ मंसिर । बाराको करैयामाई गाउँपालिका–८ बेलाहीमा जारी ‘प्रथम वडा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ अन्तर्गत शनिबार भएको उत्कट प्रतिस्पर्धात्मक खेलमा आयोजक टिम श्री ज्ञान ज्योति युवा क्लब, बेलाहीले उत्कृष्ट प्रदर्शन गर्दै नितान्त अफ नितनपुरलाई १–० ले हराउँदै महत्वपूर्ण जित हात पारेको छ ।

खेलको सुरुवाती समयमा नै दवाब बनाउँदै खेलमा प्रवेश गरेको आयोजक टोलीले १० औँ मिनेटमै अग्रता लिन सफल भएको थियो । टिमका अग्रपंक्तिका खेलाडी एलेक्स लामाले विपक्षी डिफेन्सलाई छकाउँदै उत्कृष्ट फिनिशिङका साथ गरेको गोल नै खेलको निर्णायक गोल सावित भयो ।

खेलको बाँकी समयभरि दुवै टिमले उच्चस्तरीय प्रतिस्पर्धा प्रस्तुत गरे पनि नितान्त अफ नितनपुर आयोजक टोलीको डिफेन्स लाइन तोड्न सफल हुन सकेन । आयोजक टिमका डिफेन्डरदेखि गोलरक्षकसम्म सबै खेलाडीले समन्वयपूर्ण र अनुशासित खेल प्रस्तुत गरे ।

उत्कृष्ट प्रदर्शनका आधारमा म्यान अफ द म्याचको उपाधि आयोजक टिमका आशिष ताम्राकारले हात पारे । उनले खेलभरि डिफेन्स र मिडफिल्ड दुवै क्षेत्रमा उल्लेख्य योगदान दिँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

Leave a Reply