प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शनिवार काठमाडौंमा आयोजित तामाङ्ग समुदायको नयाँ वर्ष सोनाम लोछारका अवसरमा बोल्दै अबको मन्त्री परिषदमा तामाङ्ग समुदायको व्यक्तिलाई पनि समावेश गर्ने ताउनुभयो । त्यसो त अहिलेको मन्त्रीपरिषद समुदायका हिसावले कति वैज्ञानिक छ त्यसको फेरि छुट्टै समीक्षा होला । नेपालमा जातका आधारमा वा जातको नारा लगाउनेमा नेकपा माओवादी र यसको अध्यक्ष प्रचण्डको नाम अग्रमोर्चामा नै आउने गर्दछ ।

त्यसो त मधेसवादी दलहरुले पनि पछिल्लो समय जातको कुरा उठाउदै आएकाले पनि संबिधानमा जात र जाति सहित मधेस समुदायको स्पष्ट आरक्षणको व्यवस्था छ । वास्तवमा कम्युनिष्टहरुले त वर्गको कुरा गर्नपर्ने हो तर नेपालको सवालमा त यहाँका कम्युनिष्टहरुले वर्गको नभइ जातको कुरा गरेर आफ्नो रोटी सेक्क्दै आइरहेका छन् । यो नारा लगाएर रोटी सेक्नेमा प्रचण्ड नै सबैभन्दा अगाडि हुनुहुन्छ ।
सबैलाई थाहा छ, नेपाल एउटा बहुजातीय र बहुधार्मिक एक धर्म वा एक जातको आधारमा चल्ने देश होइन । यो वास्तवमा नै फूलवारी जस्तै हो । यो फूलवारीलाई पनि जातको नारा दिएर बेला बेलामा तहसनहस बनाउने खेल भइरहकै छ । वास्तवमा यसले देशलाई पनि फाइदा गर्दैन र समाजलाई त फाइदा गर्ने कुरै आउदैन । त्यसैले पनि जातको रोटी सेक्ने काम सदाका लागि बन्द गरी वर्गीय कुरा अब गर्न आवश्यक छ । जातका कुराले यसरी प्रश्रय संधैभरी पाइरहनु राम्रो होइन ।















