दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीजनता आधारभुत विद्यालय पिपरामा शनिवार श्री महिला सम्बर्धन सामुदायिक सिकाइ केन्द्रको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष राम विश्वास साहको अध्यक्षता र कार्यक्रमकी प्रमुख अतिथि बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी रायले मैनबत्ति बालेर साधारण सभाको उद्धाटन गरेका थिए ।

कार्यक्रममा बारागढी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी राय, पालिकाकी शिक्षा शाखा प्रमुख जलमती चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष सुरेशप्रसाद चौधरी , ज्ञानगंगा सामुदायिक सिकाइ केन्द्र गडहलका अध्यक्ष प्रमेन्द्रकुमार फौजदार, बारागढी सामुदायिक सिकाइ केन्द्र चेरवन्त पथराका अध्यक्ष मुरारीप्रसाद चौधरी, संञ्चारकर्मी दिपेन्द्र जयसवाललगायतका वक्ताहरुले साधरण सभामा बोल्नुभएको थियो ।

कार्यक्रममा गाउँकार्यपालिका सदस्य धनमंन्ती मल्लाहिन, वडा सदस्य भगवान चौधरी, दलित महिला वडा सदस्य अनिता देबी, नेपाल राष्ट्रिय अधारभुत विद्यालय मलाहीका प्रधानध्यापक डम्बरबहादुर सिंह, संञ्चारकर्मी राजन चौधरी, सम्बन्धित संस्थाका सामुदायिक सिकाइ केन्द्र संचालक समितिका पदाधिकारीहरु र स्थानीय समाजसेवी, बुद्धीजीवी, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।साधारण सभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदेन रामनाथ दासले प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यक्रमको संञ्चालन शिक्षक जयकरण चौधरीले गर्नुभएको थियो ।

Leave a Reply