बसन्त लामा

सिगौल,लायन्स क्लब अफ निजगढ युथले निजगढ नगरपालिका वडा नम्बर २ स्थित लेकप्रिय आधारभूत विद्यालयमा शनिवार निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।

निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, मुटु रोग, थाइरोइड, मधुमेह लगाएतका सेवा उपलब्ध गराइने लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्टमा जनक श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा एम.बी.बी.एस, एम.डी एनडोक्रानोलोजी डा. राजिव यादव लगायतको चिकित्सकीय टोलीले सेवा दिने शिविर संयोजक प्रकाश रौनियारले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ निजगढ युथका पुर्वप्रेसिडेन्ट ईराज कोइरालाका अनुसार स्वास्थ्य शिविरमा आएका सेवाग्राहीको चिकित्सकको सल्लाह अनुसार सुगरको निःशुल्क जाँच तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने तथा औषधी वितरण गर्ने तयारी गरिएको छ ।

बिहान ९ बजेदेखि शुरु हुने शिविर दिनको २ बजेसम्म सञ्चालन हुनेछ । शिविरबाट निजगढ नगरपालिका सिंगौलमा रहेको वडा नम्बर १, २ र ३ का सर्वसाधारण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here