कलैया,जीतपुरसिमरा उपमहानगरपालिकाले बकुलिया गाउँनजिक डम्पिङ्ग साईट बनाउन लागेको भन्दै स्थानियले विरोध जनाएका छन ।जीतपुरसिमरा वडा नम्बर ५ को बकुलियासहितअमाडार,बिशुलिया,फरहदवा,बेहरी र औराहा लगायतका गाउँका हजारौं जनता प्रभावित हुने गरि जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण गर्न लागेको डम्पिङ्ग साईटको विरोध गर्न सोमवार बकुलियास्थित ब्रहम बाबा मन्दिर प्राङ्गणमा सोमवार भेला भएका स्थानीयले डम्पिङ्ग साईट बनाउन नदिने बताएका छन ।

उक्त स्थानमा डम्पिङ्ग साईट बनाउदा सिमरा एयरपोर्टमा ओर्लने प्लेनका लागिसमेत खतरा हुने स्थानीयले बताएका छन । फोहोरको डङ्गुर हुँदा त्यहा चरा विमानमा ठोक्किएर दुर्घटना हुने सम्भावना रहेको उनीहरुको भनाई छ ।स्थानीयको भेलामा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकामा गत स्थानीय निर्वाचनमा उपमेयर पदकी प्रत्यासी काङ्ग्रेस नेतृ मेघा शाहीले बकुलियासहित यस भेगको वातावरणमा प्रभाव पार्ने र जनताको स्वास्थ्य प्रतिकुल असर पार्ने भएकोलेडम्पिङ्ग साईट बनाउने पक्षमा आफू नरहेको बताउनुभयो । सोझासाझा जनतालाई झुक्याएर बनाउन लागिएकोभन्दै उहाँले कुनै पनि हालतमा डम्पिङ्ग साईट बन्न नदिने चेतावनी दिनुभयो ।

वडा अध्यक्ष दिपेन्द्र चौधरी पूर्ववडा अध्यक्ष मोहित चौधरीसहित वडा सदस्यहरु, स्थानीय नागरिक समाज र महिला अगुवाहरुले डम्पिङ्ग साईट निर्माण विरोधी अभियानको अगुवाइ गर्दैआएका छन । वडा सदस्य ईन्दल हजराले जनताको चाहना विपरित उपमहानगरपालिकाले कुनै काम भए जनताद्वारा सोको प्रतिकार गरिने बताउनुभयो ।थारु कल्याणकारी समिति नगर समिति सभापति राजेन्द्र चौधरीले बकुलियाका जनता गाउँमा डम्पिङ साईट बनाउन कार्यको विरोधमा रहेको सुनाउनुभयो ।उहाँले जीतपुर र सिमरामा राम्रा सरकारी कार्यालय,बैंक र बितिय संस्था आदि राख्ने तर बकुलियालाई फोहोर फ्याक्ने ठाउँ बनाउन खोजिएकोभन्दै आक्रोश व्यक्त गर्नुभयो । स्थानीय सबितादेबी चौधरीले पनि गाउँमा कुनै हालतमा डम्पिङ्ग साईट बनाउन नदिने बताउनुभयो ।

त्यसैगरी अधिवक्ता अभिनय गुप्ताले केही उद्योगहरुले नदीमा फ्याकेको फोहोर सफा गर्न नसक्ने स्थानीय सरकारले उपमहानगरको सबै फोहोर ल्याएर बकुलियाबासीको भावनासंग खेलबाड गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले यो कार्यका विरुद्ध आफूहरुले अदालतमा मुद्दा हाल्ने तयारी गरेको पनि सुनाउनुभयो ।वडा अध्यक्ष र स्थानीय जनतालाई जानकारी नै नदिइ निर्माण गर्न लागिएको भनिएको सो डम्पिङ्ग साईटको उपमहानगरपालिकाले आगामी जेष्ठ २२ गते शिलान्यास गर्ने योजना बनाएको बताइएको छ ।

Leave a Reply