कलैया,लेनदेन मुद्दामा अदालतबाट दुई वर्ष कैद सजाय फैसला भएका कलैया उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद जयसवाल पक्राउ परेका छन् ।जिल्ला अदालत नवलपरासीले २०८२ जेठ २३ गते लेनदेन मुद्दामा वडा अध्यक्ष जयसवाललाई दुई वर्ष कैद सजाय तोकेको थियो ।

वडा अध्यक्ष जयसवाललाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले गए राती पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिनुभएको छ ।

जिल्ला अदालत नवलपरासीले गरेको फैसला कार्यान्वयन गर्नेक्रममा फरार प्रतिवादीको रुपमा रहेका जयसवाललाई प्रहरीले खोजी गर्दैआएको थियो । अदालतको फैसला कार्यान्वय गर्न जयसवाललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको डिएसपी पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply