सिमरा,बाराको जीतपुरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्च जीतपुरको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको प्राविधिक सहयोगमा जीतपुरस्थित शान्तिटोल खेल मैदानमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ४९ जना पुरुष र ९ जना महिलासहित कुल ५८ जनाले रक्तदान गरेको मञ्चका सचिव अशोक दासले जानकारी दिनुभयो ।रेडक्रसको प्राविधिक टोलीले रक्तदानका क्रममा आवश्यक स्वास्थ्य परीक्षण, परामर्श तथा सुरक्षित प्रक्रिया पूर्ण रूपमा पालना गरिएको जनाएको छ ।रक्तदान कार्यक्रममा स्थानीय युवादेखि समाजसेवी, व्यापारी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।मञ्चले आगामी दिनमा यस्ता सामाजिक अभियानलाई झनै प्रभावकारी बनाउँदै नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

Leave a Reply