रौतहट,रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ बलेरीमा शनिवार राति दुई घरमा चोरी भएको छ । चोरहरुको समूहले सुरुङ खनेर घरबाट १२ लाख रुपैयाँ बराबरको धनमाल लगेका छन ।वडाध्यक्ष रामनाथ सहनीका अनुसार चोरहरूले ब्रह्मदेव चौधरीको घरको भित्तामुनि सुरुङ बनाइ भित्र पसेर करिब सात लाख मूल्यका सुन–चाँदीका गरगहना, ८० हजार नगद तथा विभिन्न महत्वपूर्ण कागजात चोरी गरेका छन् ।

त्यसपछि उनीहरूले छिमेकी दुखा राउत कुर्मीको घरमा पनि सुरुङ खनेर घरभित्र प्रवेश गरी करिब चार लाख बराबरका गरगहना, ६ हजार नगद, मोबाइल फोन तथा कागजात लिएर फरार भएको वडाध्यक्ष सहनीले बताउनुभयो ।
पीडित चौधरीका अनुसार घटनाको समयमा दुवै घरका सदस्यहरू निधाएका थिए । चोरहरूले घरभित्रका लत्ता–कपडा समेत खेततर्फ फालेर भागेका छन् ।लगातारका यस किसिमका चोरीका घटनाले स्थानीय बलेरीबासी त्रसित भएका छन् । उनीहरूले सुरक्षा व्यवस्था कडाइ गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Leave a Reply