वीरगन्ज,०३ कात्तिक । वीरगञ्ज महानगरपालिकाका ८ वटा स्वास्थ्य चौकीलाई विभिन्न सामाग्री प्रदान गरिएको छ । खानेपानी तथा ढल निकास विभागले वीरगञ्ज महानगरपालिकालाई उपलब्ध गराएका सामाग्री महानगरपालिकाले ८ वटा स्वास्थ्य चौकीलाइ हस्तान्तरण गरेको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाललाइ पहिलो चरणमा ९ सेट सामाग्री हस्तान्तरण गरेका हुन् । विभागले उपलब्ध गराएका सामाग्रीको उचित व्यवस्थापन गरी सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न पनि मेयर सिंहले निर्देशन दिएका छन् ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १४, १५, १८, १९, २०, २१, २८ र ३० का स्वास्थ्य चौकीलाई डेस्क, वाटर बोयलरसहितको स्ट्यान्ड फ्यान, घुम्ने कुर्सी, आगन्तुक कुर्सी, एकल सिटर सोफा, स्टील क्याबिनेटसहित कार्यालयमा प्रयोग हुने सामाग्रीहरु प्रदान गरिएको हो

वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले उप–प्रमुख इम्तयाज आलम, सम्बन्धित वडाका वडा अध्यक्ष र स्वास्थ्य चौकी इन्चार्ज लगायतको रोहबरमा ति सामाग्री हस्तान्तरण गरेका हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here