आर.के.चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०७६ को बजेटबाट वडा नम्बर ५ को महुवन टोलको दलित बस्तीमा निर्माण गरेको पक्की सडक निर्माण भएको एक महीना पुग्न नपाउदै भत्किन थालेको छ ।
दलित बस्तिदेखि महुवन चौकसम्म २ करोडको लागतमा सडक कालोपत्रे भएको हो । २०७८ जेष्ठदेखि सुरु भएको कालोपत्रे एक महिना नबित्दै भत्किएर सडक फुटन थालेको छ ।
एक स्थानीयका अनुसार प्रविधिकको अनुपस्थितिमा जथाभावी कालोपत्रे गरिएकाले निर्माण भएको एक महीना नपुग्दै सडक भत्किन थालेको हो । सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष प्रदिप जैसवालको आफ्नै गाउँ टोल भएको स्थानमा सडक निर्माण कार्यमा अनियमिता भएको र कालोपत्रे फुटन थालेको तर गाउँपालिका अध्यक्ष मौन रहेको स्थानीयवासीहरुको गुनासो गरेका छन । यो सडकले गाउँलाई जिल्ला सदरमुकाम वीरगन्जदेखि रङ्गपुर, पटेर्वासुगौली, जगरनाथपुर जस्ता स्थानलाई जोडेको छ ।