निजगढ,मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ ।
जसपाले आफ्नो नेतृत्वमा रहेको सरकारको निरन्तरताका लागि विभिन्न दलसँग संवाद गरिरहेको छ । सरकार जोगाउन जसपाले अरु दलसँग संवाद तीव्र बनाएको हो ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री र नेता दीपक कार्कीले राज्यमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएर मधेशमा सरकार जोगाउन जोड गरिरहनुभएको छ ।अध्यक्ष यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई उहाँकै निवासमा पुगेर सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको छ भने अन्य दलसँग पनि संवादका लागि पहल गरिरहनुभएको छ । सरकारलाई समर्थन गरिरहेको एकीकृत समाजवादीलाई साथमै राख्ने र सरकारबाहिर रहेका कांग्रेस, लोसपा, जनमत पार्टीलगायतलाई सरकारमा ल्याउन पहल भैरहेको जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशसभामा जसपाका १९ र नेकपा एकीकृत समाजवादीका सात सांसद छन । जसपा नेपालको नेतृत्वमा सरकार टिकाउन अझै २८ मत आवश्यक हुन्छ । जसपाले २२ मत रहेको नेपाली कांग्रेसको साथ खोजिरहेको छ तर कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ ।मधेस प्रदेशमा एमालेको २५, कांग्रेसको २२, जसपा नेपालको १९, जनमत पार्टीको १३, लोसपा र माओवादी केन्द्रको नौ÷नौ, नेकपा एकीकृत समाजवादीको सात र नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एक–एक सांसद छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here