पर्सा –  पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको चौथो खेलमा हेटौंडालाई पराजित गर्दै बीरगंज सेमीफाइनलमा प्रबेश गरेको छ । बुधबार भएको खेलमा श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौडालाई हराउदै बीरगंज युथ क्लवले सेमीफाइनलमा स्थान बनाएको हो ।

 

 

 

आफ्ना दुई खेलाडिले लगातार रातो कार्ड पाएपछी बिरोधमा उत्रिएको हेटौंडाले खेल बहिस्कार गर्दा वीरगञ्जलाई स्वतः विजयी घोषणा गरिएको हो । ३४ औ मिनेटसम्म गोलरहित बराबरीमा चलिरहेको खेलमा रेफ्री संग बिबाद गरेको भन्दै हेटौडाका क्याप्टेन श्याम पराजुलीले रातो कार्ड पाएका थिए ।

 

 

 

 

रेफ्रिको उक्त निर्णयमाथी असहमती जनाउंदै बिरोध गर्ने क्रममा हेर्टौडाकै अर्का खेलाडी राशी प्रजापतिलाई समेत रातो कार्ड देखाईएको थियो । त्यसलगत्तै मैदानबाट बाहिरिएको हेटौंडा पुनः खेलमा नफर्किंदा वीरगञ्जलाई स्वतः विजयी घोषणा गरिएको हो ।  खेलको म्यान अफ द म्याच बीरगंज युथ क्लवका गोलरक्षक जयाराम चौधरी भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ९ का वडाध्यक्ष राम नारायण गौरोले ट्रफी प्रदान गरे । प्रतियोगिता अन्र्तगतको भोली बीरगंज युनाइटेड र हेटौडा एकेडेमी प्रतिस्पर्धा गर्नेछन् ।

 

 

 

 

 

 

फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here