कलैया,बाराको कलैया उपमहानगरपालिका– १४ स्थित ट्री हाउस कटेज र एक भट्टीमा आज जिल्ला प्रहरी कार्यालय बाराले छापामारी गरेको छ ।विशेष सूचनाका आधारमा अवैध यौन व्यवसाय सञ्चालन भइरहेको आशंकामा प्रहरीले कटेजमा छापामारी गरेको हो । सो क्रममा ट्री हाउस कटेजबाट दुई महिला र दुई पुरुष तथा सोही क्षेत्रमा सञ्चालित एउटा भट्टी पसलबाट एक जना महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका पाँचै जनामाथि प्रचलित कानुन अनुसार आवश्यक कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

Leave a Reply