रौतहट । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धनको सरकारका कारण मुलुकमा महगी तथा भ्रस्टाचार बढेको आरोप लगाउनु भएको छ ।

एमालेको शनिवार रौतहटको गुजरा नगरपालिकाको सम्पन्न दोश्रो नगर अधिवेशनमा एमाले नेता साहले उक्त आरोप लगाएका हुन् ।

एमालेका प्रभावशाली नेता समेत रहेका साहले गठबन्धन सरकारले मुलुकमा हत्या हिंसा लगायत जनताको ढाढ सक्ने गरी महंगी बढेकोले सोको नियन्त्रणका लागि आसन्न प्रतिनिधी सभाको निर्वाचनमा एमालेको बहुमत आवश्यकता रहेको बताउनुभयो ।

नेता साहले वर्तमान सत्ता गठबन्धनले देशलाई अस्थिर बनाई विकास र स्मृद्धिको यात्रालाई ठप्प बनाएर महंगी र भ्रस्टाचार बढाएको जिकिर गर्नुहुंदै उंहाले देश र जनताको गम्भीर ध्यानाकषर्ण गराउन समृद्ध नेपालको एजेन्डा बोकेको एमालेलाई एकल जनादेश दिएर मुलुकमा समाजवाद स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौ कार्यकर्ताहरु समेत एमालेमा प्रवेश गरेका थिए ।

Leave a Reply