सिम्रौनगढ,बाराको पचरौता पालिकाले ५० प्रतिशत अनुदानमा स्थानीय कृषकहरुलाई
प्लाष्टिक चार्जर स्प्रे ट्याङ्की वितरण गरेको छ ।नगरपालिकाले सोमवार, मंगलवार र बुधवार गरी लगायता तीन दिन सो सामग्री वितरण गरेको हो ।

पूर्वघोषणा अनुसार पचरौता नगरपालिका वडा नम्बर १ देखि ९ सम्मका किसानलाई ३ सय ४१ थान प्लाष्टिक चार्जर स्प्रे ट्याङ्की वितरण गरिएको नगर प्रमुख जलन्धर सिंहले जानकारी दिनुभयो ।स्थानीय किसानलाई कृषि क्षेत्रमा आकर्षित गर्नका लागि उक्त कृषि उपकरण वितरण गरिएको नगर प्रमुख सिंहले बताउनुभयो । किसानलाई कृषि उपकरणको सदुपयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

स्प्रे ट्याङ्की वितरणले स्थानीय रूपमा उत्पादन वृद्धि गर्न र नगरपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन योगदान पुग्ने विश्वास लिइएको छ ।कार्यक्रममा नगरपालिकाकी उपनगर प्रमुख नसीमा खातुन, नगरपालिकाका प्रवक्ता एवंम वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादव लगायत स्थानीय कृषकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply