जीतपुर,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बाराको जीतपुर बजारमा चार जना व्यवसायीमाथि कारबाही गरिएको छ ।अनुगमनका क्रममा बजार क्षेत्रका पसलबाट बिक्री वितरण भइरहेको वस्तुको मूल्यसूची, खरिद–बिक्री बिल, साइनबोर्ड र प्यान–भ्याट दर्ता सम्बन्धी कागजात दुरुस्त नराखेको पाइएपछि कार्यालयको टोलीले व्यवसायीमाथि कारबाही गरेको हो ।
कार्यालयले व्यवसायीहरुको पसलका सामान र पसल दर्तासम्बन्धि कागजपत्र जाँच गरेको थियो ।अनुगमनका क्रममा केही व्यवसायीहरूले आवश्यक कागजात नदेखाएको तथा म्याद सकिएका वस्तुहरू बिक्री वितरण गरेको पाइएको हुँदा सोही आधारमा कारबाही गरिएको हो ।बणिज्य कार्यालयले बजार अनुगमन कार्यालयको नियमित कार्य अन्तर्गत पर्ने भएकाले यसलाई छड्के रुपमा अनुगमन गरी निरन्तरता दिइरहने जनाएको छ ।
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका महासचिव प्रकाश गिरीले पनि नगरका सम्पूर्ण व्यवसायीहरूलाई साइनबोर्ड, मूल्यसूची, खरिद–बिक्री बिल र प्यान–भ्याट दर्ता प्रमाणपत्र आफनो व्यवसायिक स्थलमा अनिवार्य रूपमा राख्न आग्रह गर्नुभएको छ । उहाँले म्याद सकिएका वस्तुहरूको बिक्री वितरण नगर्न व्यवसायीहरूलाई सल्लाह पनि दिनुभएको छ ।


















