कलैया,बाराको मानवत मटिअर्वा सडकखण्ड अन्तर्गत कलैयास्थित अधुरो बाटो निर्माण गराउनेतर्फ संघीय संसदको सार्वजनिक लेखा समितिले चासो देखाएको छ । उक्त सडक खण्डको समितिका सदस्यहरुले बिहीवार स्थलगत निरीक्षण गरेका छन् ।समितिका सदस्य सांसद अमरेशकुमार सिंहले अधुरो रहेको सडक निर्माण छिटो गर्न ठेकेदारलाई निर्देशन दिनुभयो । उक्त सडक खण्डअन्तर्गत अन्य स्थानको सडक बने पनि कलैयादेखि अवधापुरसम्मको तीन किलोमिटर बाटो अलपत्र छाडिएको छ । सडक नबन्दा धुलो र हिलोका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् ।

धुलो र हिलोले हिँडडुल गर्न पनि समस्या भएपछि स्थानीयले कलैयामा पटक–पटक चक्काजामसमेत गरेका थिए । तर पनि हालसम्म उक्त सडक निर्माण हुन सकेको छैन ।यस्तै, पर्साको ठोरी गाउँपालिकास्थित अधुरो हुलाकी सडक निर्माणका सम्बन्धमा पनि सार्वजनिक लेखा समितिले चासो देखाएको छ । साविकको ठोरी गाविसमा अधुरो रहेको करिब ५ किलोमिटर सडकको स्थलगत निरीक्षण गर्दै समितिका सदस्यहरुले सडकको अवस्थाका बारेमा चासो देखाएका हुन् ।
स्थलगत निरीक्षण गर्न पुगेका सार्वजनिक लेखा समितिका सदस्य एवंम पूर्व वनमन्त्री प्रदीप यादवसहित सदस्यहरु रामकृष्ण यादव, अमरेशकुमार सिंह, वेदप्रसाद तिमल्सिना, प्रभु हजरालगायतले सडक निर्माणको अवस्था, समस्यालगायतका विषयमा स्थानीय र जनप्रतिनिधिसँग छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here